Logo

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा.दिव्यासिंह शाहले गरिरहेकी छन् । “उनको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ”, प्रेस संयोजक बजगाईंले भने, “भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।”

आइतबार पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्