झापा, १९ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको टीका ग्रहण गरेका छन् ।
दमकको आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन आज बुबा मोहनप्रसाद ओली र ठूली आमा हरिमायाको हातबाट दशैँको टीका ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले पत्नी राधिका शाक्यलाई पनि टीका लगाइ दिएका थिए ।
त्यही क्रममा ओलीले आफन्त र सर्वसाधारणलाई पनि टीका लगाइ दिएका थिए । उनले पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूलाई टीका, जमरा लगाइ दिए ।







