Logo

एमाले अध्यक्ष ओलीमाथि हातपात



धनकुटा, २८ मङ्सिर । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका-५ लेगुवामा ओलीमाथि हातपात भएको हो । उनीमाथि लेगुवाकै महेश राईले आक्रमण गरेका हुन् ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर आक्रमण प्रयास गरेका हुन् । राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए ।

ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्