Logo

एमाले अध्यक्ष ओलीलाई बुधबारेमा देखाइयो कालोझण्डा



झापा, १३ वैशाख । कोसी प्रदेशको नामकरणको विरोध गर्दै पहिचानबादीहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बुधबारेमा कालोझण्डा देखाएका छन् ।

सोही क्रममा बुधबार पहिचानबादी केही नेता तथा कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ ।

ओली पूर्वी पहाडका विभिन्न जिल्लामा हुने कार्यक्रमका लागि बुधबार झापा आएका हुन् । इलाम जाने क्रममा बुद्धशान्तिस्थित रामजनकी मन्दिरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा पहिचानबादीहरूले उनलाई कालो झण्डा देखाएका हुन् ।

प्रहरीको बाक्लो उपस्थितिमा पनि उनीहरूले ओलीको गाडी नै छेकेर कालो झण्डा देखाउने प्रयास गरेका थिए । त्यहीबेला प्रहरीले उनीहरूलाई धरपकड गरेको हो ।

प्रतिक्रिया दिनुहोस्