Logo

एमाले अध्यक्ष ओलीलाई भेटन् बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड ओलीसँग भेट गर्न बालकोट पुगेका हुन् । उनीहरूबीच भेटवार्ता जारी छ ।

बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो। राष्ट्रपतिको विषयमा दुई नेता निरन्तर संवादमा छन् ।

एमालेले पुस १० गतेको सहमतिअनुसार राष्ट्रपतिको टुंगो लाग्नुपर्ने बताउँदै आइरहेको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा टुंगो लगाउनुपर्ने अडान लिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्