Logo

एमाले अध्यक्ष ओलीले भेटे वामदेव गौतमलाई



काठमाडौँ, १७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो ओली भैँसेपाटीस्थित गौतम निवास पुगेका हुन् ।

उनीहरूबीच करिब एक घण्टा छलफल भएको गौतमको सचिवालयले जनाएको छ ।

त्यसक्रममा ओलीले राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङलाई भोट हाल्न गौतमलाई आग्रह गरेको बताइएको छ । गौतम राष्ट्रियसभा सदस्य हुन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्