Logo

एमाले अध्यक्ष ओली प्रचण्ड निवास खुमलटारमा



काठमाडौँ, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुगेका हुन् ।

उनीहरुबीच अहिले कुराकानी भैरहेको छ । यसअघि आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गरेका थिए ।

यसअघि प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेस गर्ने दिन दिउँसो ओली निवास भक्तपुरको बालकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्