कम्बोडिया, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ ।
कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच शनिबार भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
ओलीसँगै विभिन्न देशका २२ वरिष्ठ राजनीतिज्ञ अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । सो अवसरमा अध्यक्ष ओलीले विभिन्न राष्ट्रका विशिष्ट राजनीतिज्ञसँग पनि भेटवार्ता गरेका छन् ।
निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि अध्यक्ष ओलीले शिष्टाचार भेटघाट गरेका छन् ।





