Logo

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता



काठमाडौँ, १२ कात्तिक । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा उनीहरुबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो ।सभापति देउवा र महासचिव गुटेरेसबीच भेटवार्ता – रेडियो नेपाल

सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको बताइएको छ ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्