काठमाडौं, ६ साउन । काठमाडौं, ६ साउन । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा बस्ने बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
सोमबार हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नुपर्नेमा जोड दिएका थिए भने हिजोको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए । त्यसमाथि छलफल जारी रहेको छ ।
हिजोका बैठकमा ४९ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलबार धारणा राखिसकेपछि बैठक समापन गरिनेछ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।
मुख्यतयाः विधान अधिवेशनको पूर्व तयारी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने विषयमा केन्द्रीय कमिटी बैठक मुख्य रूपमा केन्द्रित हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० वर्षे उमेर हद र एक व्यक्ति २ कार्याकालभन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने विधानको व्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोले समेत अनुमोदन गरिसकेको छ ।
भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।