काठमाडौँ, २४ माघ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगन भएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गरेको जानकारी दिए । बैठकको मिति चाँडै नै तय गर्ने उनले बताए ।
एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।







