Logo

एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने



काठमाडौँ, २४ वैशाख । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौँ सारिएको जानकारी दिए ।

उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौँमा सारिएको बताए ।

उनका अनुसार बैठक यही वैशाख २८-३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ । यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्