Logo

एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित



काठमाडौँ, ३० साउन । नेकपा एमालेले केशव स्थापितलाई केन्द्रीय सदस्यबाट हटाएको छ ।

सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको हो ।

उनले आफूलाई पार्टीबाट हटाउनका लागि आग्रह गरेकाले बैठकले पनि सोही निर्णय गरेको स्रोतले जानकारी दियो । गत वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि उनी पार्टीमा निष्क्रिय रहँदै आइरहेका थिए ।

उनले आफू अध्ययन अनुसन्धानमा लाग्ने र केही नयाँ काम गर्नका लागि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएको बताउने गरेका छन् । ०७४ सालको प्रदेशसभा निर्वाचनमा स्थापित बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

स्थापितसँगै अर्का केन्द्रीय सदस्य प्रमोद नारायण यादव पनि बाहिरिएका छन् ।

मधेश प्रदेशका उनले पनि नेतृत्वलाई भेटेर केन्द्रीय सदस्यबाट बिदा गरिदिन आग्रह गर्दै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्