विराटनगर, १३ असोज । एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराएका हुन् । शनिबार अपराह्न साढे ४ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याइएको थियो ।
एमाले कोशी प्रदेश अधिवेशनले नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय छुट्याइएको छ ।
प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २ सय १५ सदस्यीय हुनेछ ।







