Logo

एमाले जनप्रतिनिधिको संकल्प: ‘हामी सेवक हुन्छौँ, भ्रष्टाचार गर्ने छैनौँ’



काठमाडौँ, ३ असार । नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजो र आज भएको प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो ।

सङ्कल्पमा ‘हामी शासक होइन जनताको सेवक हुनेछौँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्ने’ सम्मका बुँदा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्