Logo

एमाले जनप्रतिनीधिले जारी गरे २० बुँदे ‘काठमाडौं संकल्प’



काठमाडौँ, ३ असार ।  नेकपा एमालेको स्कुल विभागले संचालन गरेको दुई दिने जनप्रतिनीधिलाइृ प्रशिक्षण कार्यक्रमा एमालेका जनप्रतिनीधिहरुले २० बुँदे संकल्प प्रस्ताव जारी गरेका छन् ।

काठमाडौं सकल्प  नाम दिएको उक्त घोष्णा पत्रमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै निर्वाचनमा जारी घोषणापत्र र प्रतिवद्धतालाई आधार मानेरआफुहरु जनताको शासक हनभई सेवक बन्ने उद्घोष गरेका छन् ।
यस्तो छ २० बुँदे संकल्प : 
१.  हामी शासक होइन, जनताका सेवक हुनेछौँ ।
२. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्नेछन् ।
३. हामीहरू सदाचारमा नमूना बन्नेछौँ।
४. आफूले कुनै भ्रष्टाचार गर्नेछैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ।
५.भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा सङ्लग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछौँ।
६.समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपङ्क्तिमा उभिएर सामाजिक–सांस्कृतिक रुपान्तरणको अगुवाइ गर्नेछौँ । समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्नेछौँ ।
७. हामी पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गछौँ । तसर्थ आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्नेछौँ ।
८.सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुरयाउनु हाम्रो कर्तव्य हनेछ । यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झण्झटिलो र पारदर्शी बनाउन लागिरहने छौँ। कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल संवोधन गर्नेछौँ।
९. बेरुजु समयमै फस्यौट गर्नेछौं र जनताबाट प्राप्तहुने सबै प्रकारका राजश्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्नेछौँ।
१०. पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गंभीर ध्यान दिनेछौँ । प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरू एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र सम्बर्द्धनमा संवेदनशील बन्नेछौँ ।
११.पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौं, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौँ, खानेपानी, सरसफाइ तथा  वातावरण संरक्षण सुनिश्चित गर्नेछौँ र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौँ।
१२. पालिकालाई लैङगिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछुत अन्त्य गर्न, बालश्रम निर्मलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्नेछौँ।
१३.विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने छौँ। योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायकोभूमिकालाई प्रवर्द्धन गर्नेछौँ।
१४. स्थानीय उत्पादनको सम्बर्द्धन र प्रबर्द्धन गर्नेछौँ । समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तीलाई प्रोत्साहन गर्नेछौँ। बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्नेछौँ ।
१५. प्राकृतिक विपत्ती, महामारी र जनताको पीडामा अग्रपङ्क्तिमा उभिएर निस्वार्थ सेवाभावले काम गर्नेछौँ । १६। धूमपान, सूर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेर जस्ता कुरालाई निरुत्साहित गर्नेछौँ।
१७. बैठकहरूलाई छरितो, परिणाममुखी र विषय केन्द्रित बनाउने छौँ । बढीभन्दा बढी समय योजना निर्माण, कार्यान्वयन र सेवाप्रवाहमा
व्यतीत गर्नेछौँ।
१८. नियुक्ति, सरुवा–बढुवा, सेवा सुविधा प्रवाह लगायतका विषयमा निष्पक्षता र योग्यतालाई आधार बनाउने छौँ । परिवार, आफन्तजन,
स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौँ।
१९. मुलुकको प्रचलित कानुनी व्यवस्था बमोजिम जिम्मेवारी वहन गर्दा र जिम्मेवारीबाट विदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नेछौँ ।
यसबारे उठ्ने कुनै पनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्नेछौँ ।
२०. सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्