झापा, १० असार । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका स्थित घरको गेट अगाडि कुकर बम फेला परेको छ ।
अध्यक्ष कार्कीले घरको गेट अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको बताएका छन् । उनले पुरानो कुकरमा तार जडान अवस्था रहेको बताए । कुकर कसले राखेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।