Logo

एमाले दाङमा पहिरो: बंगलाचुलीका १ सयभन्दा बढी नेता-कार्यकर्ताले छाडे पार्टी



दाङ, २४ कात्तिक । गठबन्धनको पक्षमा माहोल बढ्दै जाँदा दाङमा नेकपा (एमाले)कमजोर बन्दै गएको छ । आफूलाई निकै बलियो पार्टीका रूपमा दाबी गर्दै आए पनि एमालेका सयौँ नेता कार्यकर्ताले धमाधम पार्टी छाडिरहेका छन् ।

बुधबार दाङको बंगलाचुली गाउँपालिकामा नेकपा एमाले छाडेर १ सयभन्दा बढी नेता.कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका छन् ।

उनीहरूलाई पूर्वसभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा शर्मा, प्रदेशसभा सदस्य पदका उम्मेदवार राजु खनाललगायतले पार्टीमा स्वागत गरेका थिए ।

एमाले छाडेकाहरू केही माओवादी केन्द्रमा र केही कांग्रेसमा प्रवेश गरेका हुन् । गठबन्धनले नै मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने भएकाले आफूहरू पनि गठबन्धन दलमा आबद्ध भएको नवप्रवेशीहरूले बताएका छन् । अब गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आफूहरू लागिपर्ने उनीहरूको भनाइ छ ।

बुधबार बंगलाचुली गाउँपालिकाको कमिरेचौर र झेल्नेटामा भएका चुनावी सभामा उनीहरू एमाले परित्याग गरी गठबन्धनमा प्रवेश गरेका हुन् । नेकपा एमाले बंगलाचुली गाउँ कमिटी सदस्य बिनिता गाहा मगर, जीवलाल गाहा मगर, तुलबहादुर विक, खिमान घर्ती मगरलगायतका नेता-कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्