Logo

एमाले नेता अग्नी खरेललाई कोरोना संक्रमण



काठमाडौँ, १६ साउन । नेकपा एमाले स्थाई कमिटी सदस्य तथा झापा ईन्चार्ज अग्नी खरेललाई कोरोना संक्रमण भएको छ ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण सकेर काठमाडौँ पुगेका नेता खरेललाई त्यहि परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । कोरोना पहिचान पछि हाल काठमाडौँ स्थित घरैमा आईसोलेसनमा रहेको नेता खरेलले बताएका छन् ।

अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको र चिकित्सकको नियमित सम्पर्कमा रहेको नेता खरेललको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्