Logo

‘एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा दिन्छ’



काठमाडौँ, २८ कात्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा र गन्तव्यमा पुराउन सकिने बताएका छन् ।

सोमबारका काठमाडौँमा आयोजित एक कार्यक्रममा पोखरेलले मुलुकको राष्ट्रियता र विकास तथा समृद्धिका लागि एमालेले काम गरेको भन्दै अब एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा र गन्तव्यमा पुराउन सक्ने बताए ।

उनले अहिले सिद्धान्तहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन एकातिर र मुलुकको राष्ट्रियताको रक्षा गर्ने एमाले अर्कोतिर रहेकाले एमालेले नेतृत्व गरेको राजनीतिक ध्रुवको वरिपरि गोलबन्द हुनुपर्ने बेला आएको बताए ।

पोखरेलले अब एमालेको विकल्प अरू राजनीतिक शक्तिहरू हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्