Logo

‍एमाले नेतृ चौधरीले स्वतन्त्र उम्मेदवारी दिने



काठमाडौँ, २१ असोज । नेकपा एमालेका नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

दाङ १ को उम्मेदवार बन्ने चाहना राखेकी चौधरीले सामाजिक सञ्जालमार्फत एमाले छाडेर स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरूको साथ चाहिएको छ ।’

नेतृ चौधरी २०७४ मा एमालेबाट समानुपातिक सांसद भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्