विराटनगर, १० पुस । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
संसदीय दलको आइतबार बसेको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेको हो ।
प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन् ।







