Logo

एमाले प्रधानन्यायाधीश जबरालाई जाेगाउन लागेकाे छ: गजुरेल



काठमाडौँ, २२ साउन । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जोगाउन लागि परेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल प्रस्ताव पारित गराउने मनस्थितिमा नरहेको बताए । जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले ‘जिब्रो चपाएर कुरा गरेको’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्