Logo

एमाले बिर्तामोडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित



झापा, १६ जेठ । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित हुनुभएको छ ।

उहाले अध्यक्षका अर्का उम्मेदवार शेखर कँडेललाई ६९ मतान्तरले जितुभएको हो । भट्टराईले २६८ र कँडेलले १९९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गर्नुभयो ।

सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत हुनुभयो भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० मत प्राप्त गर्दै पराजित हुनुभयो ।

उपसचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो भने उहाका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मत प्राप्त गर्नुभयो । यस्तै, महिला उपचिवमा डिल्लीमाया आयार्य २५४ मतसहित निर्वाचित हुनुभयो भने उहाको प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गर्दै पराजित हुनुभयो ।

लेखा अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्