Logo

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव



जनकपुर, २० पुस । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन् ।

जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हो ।

उनी महोत्तरी क्षेत्र ४ (१) बाट निर्वाचित सांसद हुन् । गत मंसिर ४ को निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्