नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच हुने भनिएको पार्टी एकता लगभग समाप्त भएको छ । कुनै चामत्कारिक परिस्थति उत्पन्न भएन भने एकता असम्भव बनिसक्यो । अब,एकता भएन भनेर औपचारिक घोषणा हुन मात्र बाँकी छ । माओवादी र एमाले बिचको एकता भत्काउन भारतको भूमिका र चाहना लगभग पुरा हुने अवस्थामा पुगेको छ ।
भारतले एमाले र माओवादीको एकता निर्वाचन अघि नै भाँड्ने प्रयास गरेको थियो । तर, एमालेलाई काँग्रेस भन्दा ठूलो पार्टी हुनै पर्ने र माओवादीले पाँच वर्षका लागि अस्तित्व रक्षा गर्नै पर्ने वाध्यताले तालमेल नबिथोलिएको हो । भारतले एमाले-माओवादीको चुनावी तालमेल यति धेरै सफल होला भन्ने आंकलन गरेको थिएन । तर, निर्वाचनको परिणाम पछि भने एमाले माओवादी एकता जसरी भएपनि भाँड्नै पर्ने वाध्यता भारतलाई बनेको हो ।
निर्वाचन पछिपनि एमाले-माओवादी पार्टी एकता सकारात्मक दिशामा अघि बढेपछि भारतको सक्रियता बढेको हो । निर्वाचन लगत्तै भारतले प्रधानमन्त्रीमा प्रचण्डलाई प्रस्ताव गर्यो । तर, प्रचण्डको स्वाकारोक्ति नभएपछि मधेसी दल र एमालेको गठजोडमा सरकार बनाउने कसरत सुरु गरेको हो । ओलीसँग भारतीयको थाइल्याण्ड भेटघाट त्यसैको परिणाम थियो ।
भारतको अहिलेको कदम भनेको पहिला एमाले(माओवादीको एकता भाँड्ने हो । त्यसपछि मात्र ओली कि प्रचण्ड प्रधानमन्त्री भन्नेमा केन्द्रीत हुने योजना हो । एकता नभाँडिउन्जेल सम्म भारतले प्रचण्डको पक्षमा बोल्ने सम्भावना छैन । भारतले ओलीलाई प्रधामन्त्रीको सिंग्नल देखाएर पार्टी एकता हुन नदिने योजना रहेको छ । भारत ओली र प्रचण्ड दबैलाई इङ्गेजमा राख्ने रणनीतिमा छ ।
एमाले माओवादी बिचको पार्टी एकता भाँडिने बित्तिकै सत्ताको चाबी भारतको हातमा पुग्छ । एमाले बिनाको सरकार गठनका लागि मधेसी दल अनिर्वाय हुन्छ । काँग्रेस माओवादी बिनाको सरकारका लागि पनि मधेसी दल नै निर्णायक हुन्छन् । मधेसी दलको अहिलेको भूमिका भारतीय इसरा भन्दा भिन्न हुने अवस्था छैन ।
पार्टी एकता नहुँदा एमाले नेर्तत्वको सरकारमा माओवादी जाने सम्भावना न्यून हुन्छ । पहिलो विकल्प ओलीको नेतृत्वमा मधेसी दलसहितको सरकार, दोस्रो प्रचण्डको नेतृत्वमा काँग्रेस र मधेसी दलको सरकार, तेस्रो ओलीको नेतत्वमा बाम सरकार, चौथो ओलीलाई सरकार बाहिर रहेर माओवादीको समर्थनका सरकारको अभ्यास हुन सक्छ । पहिलो विकल्प एमाले र मधेसी दल बिच तालमेल हुने सम्भावना अहिलेसम्म बलियो छ । तर, अबको पाँच वर्षसम्म एमालेले काँग्रेसलाई र काँग्रेसले एमालेलाई सम्भव भएसम्म सत्ता संचालनको अवसर दिँदैनन् । एकले अर्कालाई निषेध गर्ने रणनीति लिन्छन् ।
एमालेलाई सत्ता बाहिर राख्न काँग्रेसले जुनसुकै कसर काँकी राख्दैन भने एमाले पनि काँग्रेसलाई सत्ता बाहिर राख्ने रणनतिमा छ । यसै रणनीति अन्तर्गत शेरबहादुर देउवाले प्रचण्डलाई पाँचै वर्ष सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका हुन् । तर, पार्टी एकता भाँडेर काँगेसको बुँई चढेर सरकारमा जाँदा आफ्नो छवी बिग्रने डरले प्रचण्डले निर्वाचन लगत्तै देउवाको प्रस्ताव अस्वीकार गरेका हुन् । तर, एमालेबाट पार्टी एकता भाँडिएको अवस्थामा काँग्रेसको प्रस्ताव प्रचण्ड अस्वीकार गर्ने अवस्था छैन ।
थाइल्याण्डमा भएको भेटघाटमा भारतीय पक्षले माओवादी बाहेको प्रधानमन्त्रीको प्रस्तावमा ओली पूर्ण आश्वस्त हुन सकेनन् । थप आश्वस्त हुन र पार्न नै स्वरराजको नेपाल भ्रमण भएको हो । स्वराजको भ्रमणपछि भने ओली धेरै आश्वस्त भएका छन् । तर, पूर्ण भरपरेका छैनन् । त्यहि भएर ओलीले माओवादीलाई अलमल्याउने रणनीति लिएका हुन् । भारतले ओलीलाई इङ्गेजमा राखेको छ भने ओली पच्रण्डलाई इङ्गेजमा राख्ने रणनीति लिएका छन् ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि प्रचण्ड पार्टी एकता हुने सम्भावना कम देख्न थालेका हुन् । थाइल्याण्ड भ्रमणपछि ओली पार्टी एकताका लागि सक्रिय नहुने, भएपनि निर्णयमा नपुग्ने र माओवादीलाई अलमल्याउने खेलमा लागेको प्रचण्डले राम्ररी बुझेका छन् । काँगेस र मधेसी दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था आएमा ओलीले प्रचण्डलाई पार्टी अध्यक्ष दिएर प्रधामन्त्री हुन रोक्ने अस्त्र प्रयोग गर्नेछन् । अन्यथा ओलीको दाउ प्रचण्डलाई पार्टी अध्यक्ष पनि नदिने र प्रधानमन्त्री पनि आफैँ हुने नै हो । ओलीले प्रचण्डलाई तपाईलाई अध्यक्ष हुँदैन भनेका पनि छैनन् । तर, दोस्रो तहका ओली लाइनका नेताले सार्वजनिक स्थलमा ३० प्रतिशत सिट ल्याउने पार्टीलाई अध्यक्ष दिन नसक्ने प्रतिक्रिया दिएका छन् ।
प्रचण्डले पार्टी शिर्ष नेतालाई पार्टी एकता हुने सम्भावना कम हुँदै गएको बताएका छन् । उनले सम्मानजनक अवस्था नभए पार्टी एकता नगर्ने बताए । अपमानपूर्ण तरिकाबाट पार्टी एकता हुँदैन, बरु पार्टी विघट्न हुन्छ भने होस प्रचण्डको भनाई उद्रित गर्दै माओवादीका एक नेता बताए । माओवादी नेताहरु पर्टी एकताको बल ओलीको कोर्टमा रहेको टिप्पणी गर्दछन् । ओलीले चाहे पार्टी एकता हुनछ, नत्र हुँदैन, माओवादीका नेताको प्रतिक्रिया यहि प्रकारका हुने गर्दछन् ।