मेचीनगर, ६ चैत । नेकपा एमाले मेचीनगर-१२ का इञ्चार्जसहित १५ जना विभिन्न जिम्मेवारीमा रहेकाहरुले एकै पटक पार्टीको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन ।
वडा कमिटी गठन भएको मिती देखी नै पार्टी सिद्धान्त र शुद्धिकरणका लागि छलफल गर्ने आपसमा समन्वय गर्नुका सट्टा खुट्टा तान्ने प्रवृत्ति मौलाएकोले असन्तुष्टी जनाउँदै नगर कमिटी सदस्य तथा वडा इञ्चार्ज शिव प्रसाईंसहित १५ जनाले सोमबार विज्ञप्ती जारी गर्दै पार्टीको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
यसरी पदीय जिम्मेवारीबाट अलग हुनेहरुमा एमाले नगर कमिटी सदस्य तथा मेचीनगर-१२ का वडा सह-इञ्चार्ज सहदेव ढुंगाना र यमनाथ अधिकारी, नगर कमिटी सदस्य हेमकला सापकोटा, मेचीनगर-१२ का वडा कमिटी अध्यक्ष धनबहादुर तामाङ , वडा कमिटी उपाध्यक्ष रुखमान अधिकारी (रुपेश), वडा कमिटी सचिव मनोज खरेल रहेका छन् ।
त्यस्तै वडा कमिटी सह-सचिव कृष्णमाया बराइली र रामकुमार प्रसाईं, वडा कमिटी सदस्यहरु विशुलाल मेचे, पुन्यप्रसाद चापागाईं, प्रकाश बराल, मिना लामा, रुपक धिमाल र योगेन्द्र काफले रहेका छन् ।








