मेचीनगर, २३ कार्तिक । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नं.१२ को अध्यक्षमा रुखमान अधिकारी`रुपेश´ सर्वसम्मत निर्वाचित भएका छन् ।
वडाको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा दिपक लामा सचिवमा प्रकाश बराल, सह-सचिवमा कृष्णमाया बराइली र अमित राई निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका अध्यक्ष देवकुमार राईले जानकारी दिए ।
उक्त अधिवेशनले ३१ सदस्य कमिटी निर्माण गरेको छ ।
अधिवेशन आयोजक कमिटीका संयोजक यामनाथ बरालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य रविन कोइराला रहेका थिए ।
वडा इन्चार्ज शिवलाल प्रसाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर कमिटी उपसचिव जगन भट्टराईले गरेका थिए ।







