Logo

एमाले रसुवाका अध्यक्षद्वारा पार्टी परित्यागको घोषणा



काठमाडौँ, २४ फागुन । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गनर्सभएको छ । शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै अध्यक्ष ढकालले अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।

उहाले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताउनुभएको हो । पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिनुभएको छ । ढकाल २०७० को संविधान सभा सदस्य समेत हुनुन्छ।

उहाले भन्नुभएको छ, ‘पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन । रसुवामा जराकेन्द्रित अभियान रोकिएको छ । किन रोकियो भनेर पनि मैले भनेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्