Logo

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप



सांकेतिक तस्बिर

सोलुखुम्बु, ३ मंसिर । सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको माप्य दूधकोशी गाउँपालिका ६ वाकुमा शुक्रबार राति  एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा एमालेका विशाल राई तथा गठबन्धनका विकास राई र सुजन राईलाई प्रहरीले नियन्त्रण लिई सोधपुछ गरेर छाडिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए ।

मौन अवधिको समयमा गठबन्धनका कार्यकर्ताहरुले मतदातालाई आर्थिक प्रलोभनमा पार्दै हिँडेको अवस्थामा झडप भएको एमाले पक्षले दाबी गरेको छ भने  अन्य काममा हिँड्दै गरेको अवस्थामा एमाले कार्यकर्ताहरुले आक्रमण गरेको गठबन्धनले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्