काठमाडौँ, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।
अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि वैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताए ।
मङ्गलवार काठमाडौँमा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्यधिक बहुमतका साथ पालिका चुनावमा जित्नुपर्ने जिकिर गरे । उनले भने, ‘हामीले जितको तयारी गरिसक्यौँ । नेकपा एमालेको जित अनिवार्य छ । यो व्यक्तिहरूको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाइँ होइन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होइन ।’