Logo

एमाले संसदीय दलकाे उपनेतामा नेम्वाङ



काठमाडौँ, २९ फागुन । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।

सोमवार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा संसदीय दलको उपनेतामा नेम्वाङलाई नियुक्त गरेका हुन् ।

यसअघि आइतवार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्