Logo

एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, ५ वैशाख । स्थानीय तह निर्वाचनको घोषणापत्र लगायतका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठक सोमबार साँझ साढे ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने जनाएको छ। त्यसकै तयारीका लागि बैठक बोलाइएको अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्