Logo

एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, २६ साउन । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

आगामी मङ्सिर ५ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रारम्भिक तयारीको बारेमा छलफल गर्न आज केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा अपराह्न १२ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

बैठकले निर्वाचनको भावी रणनीतिका लागि स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठकको मिति तय गर्ने उनले बताए ।

एमालेले भदौको दोस्रो सातामा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्