काठमाडौँ, १३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह तीन बजे बैठक बोलाइएको उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए ।
आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।
असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने हुँदा बैठकमा तल्ला तहहरूबाट सिफारिस भएर आएका नामबारे छलफल हुने र उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।







