Logo

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ, २६ वैशाख । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठक वैशाख २८, २९ र ३० गते काठमाडौँमा बस्दैछ । त्यसैको कार्यसूची तय गर्न बैठक बस्न लागेको रिजालको भनाइ छ ।

एमालेले फागुनदेखि वैशाखसम्म मिसन ग्रासरुट अभियान चलाएको थियो । त्यसको समीक्षा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्