Logo

एमाले सुनसरी अध्यक्षको मृत्यु



सुनसरी , २४ जेठ । एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । उपचारका लागि भारतको हैदरावाद जाँदै गर्दा अध्यक्ष खनालको मृत्यु भएको हो ।

परिवारका सदस्यको साथमा ट्रेनमा हैदरावाद जाँदै गर्दा गएराति २ बजे उनको मृत्यु भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिनुभयो।

प्याङक्रियाजमा समस्या रहेका  खनालको अघीपनि हैदरावादकै अस्पतालमा उपचार गरिएको थियो। फलोअपका लागि बुधबार परिवारका सदस्यले हैदाराबाद लैजाँदै गर्दा अस्पताल नपुग्दै ट्रेनमै उहाँको मृत्यु भएको हो। उहाको शव घर ल्याउने प्रक्रिया सुरु भएको सचिव कोइरालाले बताउनुभयो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्