Logo

एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी



काठमाडौं, ४ असोज । नेपालकी एरिका गुरुङ २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन्।

फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन्। एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन थियो।

शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । योसंगै एरिका एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

उपाधिका लागि एरिकाले आइतबार भियतनामकी नाओन थि नुयेनसंग खेल्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्