Logo

एसईईमा बेल्स मोडलको उत्कृष्ट नतिजा, अभिभावक र विद्यार्थीलाई बधाई तथा सम्मान



 झापा, १५ असार । झापाको बिर्तामोड-७ भुसाबारीमा अबस्थित बेल्स मोडल स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ ।

विद्यालयले आज आईतबार २०८१ को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उनका अभिभावकलाई बधाई तथा सम्मान गरेको हो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जय कुमार प्रसाईको अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रिन्सिपल तारा कुमार प्रसाईले अघिल्लो बर्ष भन्दा यो बर्ष राम्रो रिजल्ट आएको बताउनुभयो । उहाले विद्यार्थीको कडा मिहेनत तथा शिक्षक र अभिभावकको महत्वपूर्ण योगदानका कारण उत्कृष्ट नतिजा आएको बताउनुभयो ।

कार्यक्रममा शिक्षक खगेन्द्र शिवाकोटी र देबेन्द्र गहतराजले अभिभावकको प्रत्यक्ष निगरानी र बिद्यार्थीको रुची अनुसारको विषय पढाउन सुझाव दिनुभयो ।

एसईई परीक्षामा 3.82 GPA ल्याएर बिद्यालय टप गर्न सफल छात्र समिर श्रेष्ठले आफ्नो अनुभव सुनाउदै सबैको हौसला र प्रेरणाले आफु सफल भएको बताउनुभयो । सिकाई अनुभव सुनाउदै उहाले बिद्यालयको शैक्षीक बाताबरणले महत्वपूर्ण भुमीका खेलेको बताउनुभयो ।

अभिभाबक अम्बिका प्रसाद खतिवडाले छोटो समयमा बेल्स मोडल स्कुलले महत्वपूर्ण शैक्षीक प्रगती गर्न सफल भएको बताउदै बिद्यालयको शैक्षीक बाताबरण र गुणस्तरीय सिकाईले राम्रो नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

बिद्यालयले अतिरिक्त क्रियाकलापलाई पनि उत्तीकै महत्व दिएको बताउदै प्रिन्सिपल प्रसाईले बिर्तामोड स्पोर्टस क्लवसंग सहकार्य सम्झौता समेत गरीएको जानकारी दिनुभयो ।

बिद्यार्थीको भविष्य सुनिश्चित हुने शिक्षा आजको आवस्यकता भएको बताउदै उहाले कक्षा ११ र १२ को लागि प्रबिधीमैत्री बाताबरण (स्मार्ट बोर्ड, ईन्टरनेट) तयार गरीएको बताउनुभयो ।

कार्यक्रमको संचालन बिद्यालयका कोअर्डिनेटर देवन ढुंगानाले गर्नुभएको थियो । गत बर्ष देखि कक्षा ११ संचालन गरको बिद्यालयमा हाल झण्डै १२ सय बिद्यार्थी अध्यनरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्