Logo

एसपिपी नमान्ने मन्त्रिपरिषदको निर्णय तत्काल अमेरिकालाई पठाइयोस्: गुरुङ



काठमाडौँ, २३ असार । सत्ता साझेदार माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषदको सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका हुन् ।

उनले एमसीसी सम्झौतासँगै संसदबाट पारित १२ बुँदे व्‍याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्छ कि गर्दैन? भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए । उनले सो व्‍याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरे मात्रै सो परियोजना नेपालमा लागू हुने पनि स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्