Logo

एसपिपी पास गराउन नेपाललाई अमेरिकाको दबाब छैन: श्रेष्ठ



काठमाडौँ, १३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले एसपिपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । मन्त्री श्रेष्ठले विदेशी कूटनीतिज्ञहरुको भ्रमण हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको दोस्रो पटकको नेपाल भ्रमणबारे सञ्चारकर्मीहरुको प्रशनको उत्तर दिँदै उनले विदेशी कूटनीतिज्ञहरु आउँदा शंका गर्ने नभई भ्रमणलाई देशको सुशासन, समृद्धि र विकाससँग जोड्ने कुरामा जोड दिनुपर्ने बताए ।

उनले गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबी गर्दै तत्काल एमालेसँग गठबन्धन गरेर चुनावमा जाने कुनै योजना नरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्