काठमाडौँ, ५ असार । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी अमेरिका भ्रमणबारे जवाफ माग्ने भएको छ।
प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्न लागेको र भ्रमणका क्रममा अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम एसपीपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवालाई समितिमा बोलाएको हो।
आज बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठकमा अमेरिका भ्रमण र एसपीपीबारे जवाफ माग्ने तयारी रहेको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्।
प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको तयारी गरेको चर्चा भए पनि सरकारले आधिकारिक रुपमा यो विषय सार्वजनिक गरेको छैन्।
शुक्रबार समितिले प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री नारायण ढकाललाई बोलाई अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारेमा छलफल गरेको थियो ।
देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवासँग जवाफ माग्न लागेको हो ।