Logo

एसपीपीबारे छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो



काठमाडौँ, २ असार । नेपाल र अमेरिकाबीच भएको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलाएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीको सत्यरतथ्यबारे छलफल गर्न शुक्रवार प्रधानसेनापति प्रभुराम खड्कालाई बोलाएको हो ।

अमेरिकी सैन्य गतिविधिसँग सम्बन्धित एसपीपी सम्झौता भएको वा नभएको विषयमा फरक-फरक विवरण सार्वजनिक भइरहेको बेला समितिले भोलि बिहान ९ बजे आधिकारिक व्यक्तिहरूलाई बोलाएर छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्