Logo

एसपीपी फिर्ता लिने विषयमा विस्तृत छलफल भएको छैन: नेपाल



काठमाडौँ, ५ असार । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एसपीपीमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

आइतबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले फिर्ता लिने विषयमा भने विस्तृतमा छलफल भइनसकेको बताए ।

“प्रधानमन्त्रीले आज पनि ‘नेपालको हितमाथि कुनै पनि आघात हुने कागजमा म बाट सही हुने छैन’ भन्नुभएको छ । गृहमन्त्रीले संसद्मा बोलेपछि धेरै आशंका गर्नुपर्ने कारण छैन,” उनले भने, “एसपीपी फिर्ता लिने नलिने डिटेल कुरा भएको छैन । कूटनीतिक ढंगले लेखिएको हो कि हैन चिठीको विषयमा थप कुनै छलफल भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्