Logo

एसपीपी सम्झौता अघि बढेको छैन: नेपाली सेना



काठमाडौँ, २ असार । नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नभएको जनाएको छ ।

अमेरिकाले नेपालकै आग्रहमा सम्झौता प्रस्ताव गरेको बताइरहँदा सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने प्रस्ट पारेको छ ।

नेपाली सेनाले विज्ञप्ति निकालेर नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकूल असर पर्नेगरी भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिबद्धता जनाएको छ ।

सेनाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया पनि नभएको जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्