Logo

एसपीपी सम्झौता कुनै पनि हालतमा स्वीकार्न हुँदैन: प्रदीप ज्ञवाली



काठमाडौँ, १ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको विरोध गरेका हुन्।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले सरकारले श्रृखलाबद्ध रुपमा परराष्ट्र नीतिमा गम्भीर विचलन ल्याउन खोजेको बताएका हुन्। ‘एसपीपी सम्झौता नेपालको संविधानको बिल्कुल बर्खिलापमा छ। नेपालले अबलम्बन गर्दै आएको परराष्ट्र नीतिको बर्खिलापमा छ।’ उनले थपे, ‘हाम्रो सबै देशसँग मित्रता छ। ’

उनले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने भएकाले कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए। उनले सरकार परिवर्तन हुनसाथ एसपीपी अगाडि बढाइएको र दलहरुबीच छलफल नगरिएको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्