काठमाडौँ, १६ असार । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले सरकारले एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए । सरकारले अमेरिकाको राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनर सीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी विरोधपछि रोकिएको दाबी गर्दै सांसद रावलले अहिलेको गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप लगाएका छन् ।







