काठमाडौँ, ६ जेष्ठ । खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।
घोषणा गरिएको २३ जनाको टिममा कप्तान किरण चेम्जोङसँगै क्याम्प छोडेका १० खेलाडीलाई समावेश गरिएको छैन ।
चार हप्ता अगाडि प्रशिक्षक अब्दुल्लाहको विरोध गर्दै मुख्य खेलाडी, रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, बिमल घर्तिमगर, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ लगायतले क्याम्प छोडेका थिए । त्यसपछि यो विवाद उत्कर्षमा पुग्दा खेलाडीले विभिन्न निकायमा छानबिनका लागि विज्ञेप्ति नै बुझाएका थिए । झण्डै एक हप्ता अगाडि पूर्व खेलाडी भिक्टोर राणाको संयोजकत्वमा एन्फाले तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले यस घटनासँग सम्बन्धित सबैको बयान लिएर एन्फालाई आफ्नो सुझाव बुझाइसकेको छ । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ ।