Logo

एसियन कप फुटबल: अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा



कतार, १५ माघ । एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो प्रि-क्वाटरफाइनलमा इन्डोनेसियालाई ४-० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो । अस्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

कतारमा जारी प्रतियोगितामा गएराति भएको अर्को प्रि-क्वाटरफाइनलमा ताजिकिस्तानले यूएईलाई हराएको छ । शुरुमा १-१ गोलको बराबरी भएको खेलमा पेनाल्टीमा ताजकिस्तानले यूएईलाई ५-३ ले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्