कतार, ६ माघ । एएफसी एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसिया विजयी भएका छन् ।
गएराति भएको खेलमा इन्डोनेसियाले भियतनामलाई १-० गोलले हराएको हो ।
उसका अस्नावी बाहरले खेलको ४२औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक भयो । समूह ‘डी’ मा इन्डोनेसिया र जापानको २ खेलमा ३ अङ्क तथा इराकको २ खेलमा ६ अङ्क छ । इराकले पहिलो खेलमा इन्डोनेसियालाई हराएको थियो । भियतनाम अङ्क विहीन छ ।
जापान समूह चरणको दोस्रो खेलमा इराकसँग पराजित भएको छ । शुक्रबार भएको पहिलो खेलमा जापानलाई इराकले २-१ गोलले हराएको हो । इराकका अइमान हुसेनले खेलको पहिलो हाफमा दुई गोल गरे भने दोस्रो हाफको अन्तिम समयमा जापानका वातारु एन्डोले एक गोल फर्काएका थिए ।
त्यस्तै समूह ‘सी’ मा इरानले हङकङलाई १-० गोलले हराएको छ । इरानको २ खेलमा ६ अङ्क भएको छ ।